दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई थुनामा रहेका कैदी प्रहरीकै मोटरसाइकल लिएर फरार भएका छन् । जिल्ला कारागार घोराहीको थुनामा रहेका राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियार बिहीबार अस्पतालबाट भागेको प्रहरीले जनाएको छ ।
घोराही कारागारका नाइके समेत रहेका परियार छालाको उपचारका लागि अस्पताल गएका बेला त्यहीबाट भागेको प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए । उपचारका लागि हत्कडी खोलेपछि परियार प्रहरी जवानकै मोटरसाइकल लिएर भागेका थिए । उनी प्रहरी जवान धनबहादुर चौधरीसँगै लु३४प ४१० नंको मोटरसाइकल चढेर अस्पताल गएका थिए ।