पठाओको बीमा सुविधा र लिने प्रक्रिया थाहा पाउनुहोस् ?

देश

नेपालमा पहिलो पटक पठाओले आफ्नो राइड सेवामा बीमा सुविधा सुरू गरेको छ । एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा पठाओले राइडर र सेवाग्राही दुवैका लागि दुर्घटना बिमा ल्याएको हो ।

राइडर (चालक) र सेवाग्राही दुवैको सुनिश्चित र सुरक्षित राइडको अनुभव दिने उद्देश्यले राइड ‘शेयरिङ बिमा’ सुरु गरेको पठाओले मोबाइल एपमार्फत राइड रिक्वेस्ट नगरी अफलाइन यात्रा गर्दा बिमा माग दाबी गर्न नमिल्ने पठाओ नेपाल प्रालिका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताए ।

पठाओ एपमार्फत सहजीकरण गरी उपलब्ध सेवा प्रयोग गर्ने सेवाग्राही तथा राइडर (चालक) को एक लाखसम्मको दुर्घटना उपचार बिमा र सवारी दुर्घटनाका कारण मृत्यु वा अपांगता हुन पुगेको खण्डमा पाँच लाखसम्म बीमा दाबी गर्न सकिन्छ ।

सेवाग्राही र राइडरको पठाओ एपमा व्यक्तिगत विवरण सही हुनुपर्ने र दुर्घटना भएपश्चात सेवाग्राही तथा राइडर दुवैले १०० वा १०३ मा फोन गरेर प्रहरीलाई तत्काल खबर गर्नुपर्ने र सोही दिन पठाओ कार्यालयमा फोन गरेर वा सामाजिक संजाल मार्फत खबर गरी र दुर्घटना भएकै दिन स्वास्थ्य संस्थामा जाँच गरेको अवस्थामा बिमा माग दावी गर्न सकिने बताइएको छ।

Leave a Reply

Your email address will not be published.