कांग्रेसको पहिलो बैठकमै पुगेनन् शीर्ष नेता

देश

१४औं महाधिवेशनबाट नेपाली कांग्रेसका नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले सबैको प्रतिनिधित्व गर्दै पार्टीलाई अघि बढाउने प्रतिवद्धता जनाएका छन्। पार्टी कार्यालय सानेपामा शनिबार बसेको पहिलो बैठकमा नवनिर्वाचितलाई प्रमाणपत्र वितरण गर्दै सो प्रतिबद्धता जनाएका हुन्। समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रमाण पत्र वितरण गरे।

महामन्त्री गगन थापाले बैठकको छलफलबारे बताउँदै सभापति देउवाले राष्ट्रियसभा निर्वाचनका लागि आइतबार दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिने बताए।

१४औं महाधिवेशनबाट कांग्रेसमा १३४ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचनबाटै चयन भएका छन्। रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि र डा.शेखर कोइरालालगायका शीर्ष नेताहरू भने बैठकमा अनुपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *