सिराहामा आज र भोलि निषेधाज्ञा

देश

जिल्ला प्रशासन कार्यालय सिराहाले आज र भोलि दुई दिनका लागि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनका नाममा ध्वंसात्मक गतिविधि बढाएको भन्दै त्यसलाई नियन्त्रण गर्न निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताउनु भएको छ ।

आज र भोलि राजमार्ग क्षेत्रमा बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *