आजदेखि बालबालिकालाई दिने भनिएको खोप अभियान स्थगित

देश

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि दिने भनिएको खोप अभियान सिरिञ्जको अभावमा स्थगित गरिएको छ ।

उपत्यकाका ३ जिल्लासहित १३ जिल्लामा आजदेखि फाइजर खोप दिने निर्णय गरेको सरकारले सिरिञ्ज अभाव देखाउँदै अभियान स्थगित गरेको हो । खोप शाखाका प्रमुख सागर दाहालका अनुसार फाइजर खोपका लागि आवश्यक पर्ने सिरिन्ज आउने मिति टुंगो छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *