महामन्त्री गगन थापा अर्घाखाँची आउने

जिल्ला

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापा अर्घाखाँची आउने भएका छन् । यही पौष १९ गते सोमवार पाणिनी गाउँपालिकाद्वारा आयोजित वृहत आमसभालाई सम्बोधन गर्न उनी यहाँ आउने भएका हुन् ।

पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा हुने वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी आउने कार्यक्रम रहेको नेपाली कांग्रेस अर्घाखाँचीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *