विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले दुई भेरियन्ट डेल्टा र ओमिक्रोन एकै पटक फैलिंदा कोरोना संक्रमणले सुनामीको रुप लिने चेतावनी दिएको छ ।
संगठनका प्रमुख टेड्रोस ग्याब्रियसले अमेरिका र युरोपमा यी दुई भेरियन्टको संक्रमण जसरी बढेको छ त्यसलाई सुनामी भन्नुभएको हो । फ्रान्समा एकैदिन हिजो २ लाख ८ हजार संक्रमित थपिएका छन् । जुन अघिल्लो दिन १ लाख ८० हजार थियो ।
त्यस्तै, अमेरिकामा पछिल्लो साताको रेकर्डले दैनिक २ लाख ६५ हजार भन्दा बढी नयाँ बिरामीहरु थपिने गरेको देखाएको छ । अष्ट्रेलिया, पोल्याण्ड, डेनमार्क, पोर्चुगल र बेलायतमा पनि संक्रमितहरुको दैनिक नयाँ नयाँ रेकर्ड बनेको छ ।