प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि आज बाँकी समूहले सुझाव दिँदै

देश

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि ११ वटा समूहले आफ्नो धारणा राखेका छन् ।

काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा भवनको सभाहलमा भइरहेको बन्द सत्रमा हिजो ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएका हुन् ।

आज बाँकी १४ समूहले निष्कर्ष सुनाउने छन् । काठमाण्डौमा चलिरहेको बन्द सत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक तथा वैचारिक प्रतिवेदनमा विभिन्न २५ वटा समूह बनाएर छलफल थालिएको थियो ।

आज बिहान ११ बजेदेखि बाँकी १४ समूहले छलफलका निष्कर्ष राख्ने माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *