माओवादी केन्द्रको पदाधिकारीको टुङ्गो आज लाग्ने

देश

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । हिजो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएसँगै आठौँ महाधिवेशन सकिएको छ ।

खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम हलले ताली बजाएर अनुमोदन गरेको हो । माओवादी केन्द्रको आज बस्ने केन्द्रीय समिति बैठकले १५ पदाधिकारी र थप केन्द्रीय सदस्यको मनोनयन गर्नेछ ।

३१ वर्षदेखि नेतृत्व गर्दै आउनुभएका प्रचण्ड फेरि अध्यक्षमा चयन हुने निश्चित छ । वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा समस्या नभए पनि महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको दाबी छ । पम्फा भुसाल र शक्तिबहादुर बस्नेतको पनि महासचिवमा दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *