एजेन्सी । विश्वको जनसंख्या ७ करोड ४० लाखले बढेकोे एक तथ्यांकले देखमएको छ । अमेरिकी तथ्यांक व्यूरोका अनुसार योसँगै विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ ।
चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो भने त्यहाँको जनसंख्या १ अर्ब ४० करोड रहेको छ । चीनलाई पछ्याइरहेको भारतको जनसंख्या १ अर्ब ३८ करोड पुगेको छ । आगामी तीन वर्षभित्र भारतले चीनलाई उछिन्ने अनुमान गरिएको छ ।
व्यूरोका अनुसार जनसंख्याको दृष्टिले अमेरिका विश्वकै तेस्रो ठूलो देश बनेको छ । अमेरिकाको जनसंख्या ३३ करोड २० लाख पुगेको छ । अमेरिकापछि इण्डोनेसिया र पाकिस्तान क्रमशः चौंथो र पाँचौं ठूलो देश बनेका छन् ।
इन्डोनेसियाको जनसंख्या २७ करोड ५० लाख छ भने पाकिस्तानको २३ करोड ८० लाख नाघेको छ । सन् २०२१ मा विश्वको जनसंख्या शून्य दशमलव ९ प्रतिशतले वृद्धि भएको हो । समग्रमा विश्वको जनसंख्या बढे पनि बृद्धि दर भने सन् १९६० को मध्यदेखि निरन्तर घटिरहेको छ ।