नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक आज बस्ने भएको छ । महाधिवेशन र त्यसपछिको पार्टी भित्रको अवस्थाको समीक्षा गर्ने भन्दै डाकिएको बैठक दिउँसो २ बजे सिंहदरबार अगाडि रहेको एक होटलमा बस्ने भएको छ ।
महाधिवेशनपछि पार्टी सभापति शेरबहादुर देउवाले आफू ईतर परेको मतलाई अपमान गरेको ठहर गरेको कोइराला पक्षले बैठक गरी सामूहिक धारणा बनाउन लागेको हो ।
सो समूहका नेताहरूबीच हिजो पनि छलफल भएको थियो । सभापति देउवाले आफ्नो समूहलाई बेवास्ता गरेको निष्कर्ष छलफलबाट निकालिएको थियो ।