नारायणहिटीमा रेस्टुरेन्ट खोल्न दिने निर्णयमा मेरो संलग्नता छैन : योगेश भट्टराई

देश

पूर्व पर्यटनमन्त्रीसमेत रहेका एमाले सचिव योगेश भट्टराईले नारायणहिटी दरबार संग्राहालयमा रेस्टुरेन्ट खोल्न दिनेबारे आफ्नो संलग्नता नरहेको बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमार्फत भट्टराईले नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट निर्माण गर्न दिनेबारे भएका कुनै पनि निर्णयमा आफ्नो संलग्नता नरहेको र त्यसबारे जानकारी पनि नभएको बताएका हुन् ।

“नारायणहिटी दरबार संग्राहालयका बारेमा सार्वजनिक भएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । त्यस सम्बन्धी कुनै पनि निर्णयमा मेरो संलग्नता नरहेको स्पस्ट गर्दछु साथै त्यस बारेका कुनै पनि निर्णय मेरो जानकारीमा समेत नरहेको सविनय अनुरोध गर्दछु,” उनले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *