अहिलेसम्म एमालेका सर्वसम्मत् २२ जिल्लामा अध्यक्ष चयन

देश

नेकपा एमालेको जारी जिल्ला अधिवेशनअन्तर्गत हालसम्म २२ वटा जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ।

आज बिहानसम्ममा २२ जिल्लामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको नेकपा एमाले केन्द्रीय कार्यालयले जनाएको छ।

बाँकी जिल्लामा पनि सहमतिको प्रयास भइरहेको केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार सहमति नभएका ठाउँमा आजबाट निर्वाचन प्रक्रिया अघि बढ्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *