एसईई परीक्षा वैशाखमा हुने

देश

माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा हुने भएको छ । कोरोना महामारीका कारण असारमा मात्र पठनपाठन सुरु भएकाले करिब एक महिना ढिलो गरी एसईई लिने तयारी गरिएको हो । नियमित तालिकाअनुसार परीक्षा चैतमा एसईई हुने गर्थ्यो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार ७७ वटै जिल्ला र पालिकाबाट चैतभरि पठनपाठन गर्ने सुझाव आएकाले एसईई वैशाखमा गर्ने गरी तयारी भइरहेको छ ।

1 thought on “एसईई परीक्षा वैशाखमा हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *