आज ३ सयौं पृथ्वी जयन्ती । राष्ट्र निर्माता बडामहाजधिराज पृथ्वीनारायण शाहको ३ सयौं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर धुमधामसंग मनाईदै छ ।
सरकारले पूरै बेवास्ता गरे पनि पृथ्वी जयन्तीलाई नागरिकले राष्ट्रिय पर्वका रुपमा मनाईरहेका छन् । २०६३ सालपछि गठीत सरकारहरुले पृथ्वी जयन्तीप्रति शत्रुभाव प्रकट गर्दै आएका छन् । तर जनस्तरबाट भने यो दिवसलाई भव्य रुपमा मनाउने गरेका छन् ।
पछिल्ला वर्षहरुमा त स्थानीय तहहरुले राष्ट्रिय पर्वको रुपमा विदा समेत दिन थालेका छन् । आज पनि विभिन्न संघ संस्थाहरुले पृथ्वी जयन्ती भव्य रुपमा मनाउँदै छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले तीन दिनदेखि पृथ्वी जयन्तीका कार्यक्रम गर्दै आएको छ भने आज विहान ११ बजे प्रभातफेरि निकाल्दै छ ।
राष्ट्रिय एकता दिवस समारोहमा मुलुुकका विभिन्न व्यक्ति सहभागी हुने बताइएको छ । सिंहदरबार पश्चिम मूलद्वारमा रहेको राष्ट्र निर्माताको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगनको स्मरण गरिँदै छ ।
idis.info
lecastella.info
zeitschriften-zeitschrift.info
lecastella.info
lecastella.info
bornholm-urlaub.info
bornholm-urlaub.info
cavecityarkansas.info
bear-magazine.com
idis.info