माघ २१ गतेदेखि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्काशन हुने भएको छ । कम्पनीले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशनन तथा बिक्री खुला गर्ने भएको हो ।
कम्पनीको कुल ५ लाख २२ हजार कित्तामध्ये ८ हजार कित्ता कर्मचारीहरुलाई, २६ हजार १ सय कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ भने सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा छिटोमा माघ २५ गतेसम्म र माग बमोजिम आवेदन नपरेको खण्डमा फागुन ६ गतेसम्म आवेदन दिन सकिने कमपनीले जनाएको छ ।
उक्त आईपीओ न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।