जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओ ४८ हजार ७ सय ९० जनाले मात्रै पाएका छन् । उक्त आईपीओ रितपूर्वक आवेदन दिनेमध्ये सो मात्राको आवेदकले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर हात पारेका हुन् ।
संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले सेयर बाँडफाँड गर्दै सो जानकारी गराएको हो ।
क्यापिटलका अनुसार संस्थाको आईपीओमा २७ लाख ९ हजार ८५५ जनाले ३ करोड ३१ लाख ४७ हजार १५० कित्ताको लागि आवेदन दिएका थिए