सभामुखको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

देश

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज (सोमबार) सर्वदलीय बैठक बोलाउनुभएको छ । उहाँले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै दिउँसो २ बजे सर्वदलीय बैठक बोलाउनुभएको हो ।

उहाँको सचिवालयका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पुर्‍याउने र जारी संसद्को अवरोधको विषयमा छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *