राष्ट्र उत्थान लघुवित्तको आईपिओ निष्काशन बिक्रि आजदेखि खुला

आर्थिक

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन बिक्रि खुला गरेको छ।  कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले  ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गरेको हो।

 ८ लाख ५० हजार कित्ता मध्ये शुन्य दशमलब ५ प्रतिशत अर्थात १३ हजार कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकि रहेको ७ लाख ९४ हजार ५०० कित्ताको सर्वसाधारणले आवेदन दिन सक्ने छन्

सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। इच्छुकले न्युनतम १० र बढीमा १००० कित्ताको लागि आबेदन दिन सक्नेछन। आईपिओमा फागुन ८ गतेसम्म आवेदन दिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *