प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बैठक बस्ने तय छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूची छ ।आजको बैठकमा एमसीसी टेबल गर्ने चर्चा भएपनि संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने उल्लखे छैन् । लामो समयदेखि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।
यसअघि आजै प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजे बस्ने गरी बैठक तय गरेको उहाँको सचिवालयले जनाएको छ ।