विवेक रसाइली को निर्देशन मा ‘रानी ‘ !

मनोरञ्जन

गायक अमित बरालले नयाँ गीत ‘रानी’ सार्वजनिक गरेका छन् । यो गीत भिजुअल आर्ट्स नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

पुष्पन प्रधानको संगीत रहेको गीतमा कमल रेग्मीको शब्द रचना छ ।

गीतको म्युजिक भिडियोमा गायक अमितसँगै उनकी धर्मपत्नी इशा बरालले अभिनय गरेका छन् । दम्पतिको प्रेमिल सम्बन्धलाई उजागर गरेको गीतको भिडियोमा इशा रानी बनेकी छन् ।

बिबेक रसाइलीको छायांकन र निर्देशन रहेको म्युजिक भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।

नेपाल आइडलबाट उदाएका गायक बरालले केहि समय अगाडी मात्रै इशासँग विवाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *