ढुंगेअड्डामा भेटिएकाे कुकर बम डिस्पोज

देश

काठमाडौँको ढुंगेअड्डामा भेटिएको तीनवटा कुकर बम डिस्पोज गरिएको छ । शुक्रबार बिहानै कलंकी र ढुंगेअड्डाको बीच सडकमा भेटिएको बम नेपाली सेनाका डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।

कालिका पेट्रोल पम्प नजिक आज बिहान शंकास्पद वस्तु भेटिएको थियो । शंकास्पद वस्तु भेटिएपछि प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो ।

प्रहरीका अनुसार दुईवटा कुकर देखिए पनि तीनवटा बम रहेको थियो । नेपाली सेनाको टोलीले डिस्पोज गरेपछि अहिले सडक सुचारु भएको छ । बम फेला परेपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन रोकिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *