प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।
बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संसद बैठक औपचारिकतामा सीमित हुँदै आएको छ ।
सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले संसदको आजको बैठकमा एमसीसी टेबुल गर्ने जनाएको छ ।