नेष्डो समृद्ध लघुवित्तको आईपीओ निष्काशन

आर्थिक

नेष्डो समृद्ध लघुवित्तले बुधबारबाट सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको छ । लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो । जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गर्नेछ ।

संस्थाले कुल कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने १२ हजार ७५० कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशतले हुन आउने ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गर्नेछ । बाँकी ७ लाख ७४ हजार ५६३ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

1 thought on “नेष्डो समृद्ध लघुवित्तको आईपीओ निष्काशन

Leave a Reply

Your email address will not be published.