अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि आजदेखि प्रतिनिधिसभामा छलफल सुरु हुँदैछ ।
अमेरिकाले यही फागुन १६ गतेभित्र सम्झौता संसद्बाट टुंगो लगाउन यसअघि नै नेपाल सरकारलाई अल्टिमेटम दिईसकेको छ । एमसीसी सबै दलको सहमतिमा अनुमोदन गर्न सरकारले पहल गरिरहेको छ । तर, सत्ता साझेदार दलहरू नै सम्झौताको विपक्षमा उभिएका छन् ।
सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसबाहेक जनता समाजवादी पार्टी (जसपा) भित्र डा. बाबुराम भट्टराई समूह मात्र एमसीसी अनुमोदन गराउनु पर्ने पक्षमा छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा बढीमा अबको दुई दिनभित्र एमसीसी अनुमोदन गराउने तयारीमा जुट्नुभएको छ ।
I really like looking through an article that can make men and women think. Also, thank you for allowing for me to comment!