राष्ट्र उत्थान लघुवित्तको आईपिओ आज बाँडफाँट हुने

देश

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन तथा विक्री खुल्ला गरेको आईपिओ बिहीबार (आज) बाँडफाँट हुने भएको छ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार आईपिओ आज दिउँसो ३ बजे बाँडफाँट हुने भएको हो।

लघुवित्तले फागुन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यका ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपिओ बिक्री खुल्ला गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *