एमसीसी संसद्मा पास हुँदा नेकपा एमाले कहाँ चुक्यो ?

खास खबर

एमसीसी व्याख्यात्मक घोषणासहित संसद्मा पास हुँदा एमालेले आफ्नो कित्तालाई छुट्याउन चुकेको छ । यसरी मुलुककै ठूलो पार्टी राष्ट्रिय मुद्दामा मुकदर्शक बन्दा जनतामाथि कुठाराघात विश्लेषण गर्न थालिएको छ ।

एमालेले पक्ष वा विपक्ष के’मा हो आफूलाई उभ्याउनुपर्ने त्यसो नगर्दा जनतामाथि घात भएको राजनीतिक विश्लेषक मुमाराम खनाल बताउँछन । केपी ओलीकै पालामा एमसीसी अघि बढाउन भएका विभिन्न प्रयासका साथै सम्झौताहरूलाई अहिले संसद्बाट पास गर्ने विषयमा एमाले मुकदर्शक बन्नु हुने थिएन ।

यसले एमालेलाई नै नोक्सान गरेको उनको बुझाइ छ । एमसीसी कम्प्याटलाई कार्यान्वयनमा लैजान तत्कालिन केपी ओली सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले सम्झौता समेत गरेका थिए ।

आइतबार संसद्मा एमसीसी निर्णायक रुपमा प्रस्तुत गरिरहँदा बेतुकका नाराहरु लगाउँदै एमालेले आफूलाई उतारेको थियो । एमालेमा विद्रोही नेताका रुपमा पछिल्लो समय चिनिँदै आएका डा. भीम रावलले भने एमसीसीको दफावार छलफलमा भाग लिर्दै सम्झौता राष्ट्रघाती भएको उद्घोष गरेका थिए ।

सदनमा एमसीसी निर्णायक रुपमा अघि बढाउनु अघि एमालेलाई एमसीसी अनुमोदन प्रक्रियामा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवाले बारम्बार भेटेर केपी शर्मा ओली सहितका नेतालाई आग्रह गरेका थिए । एमसीसी टेबल हुँदा मुकदर्शक बनेको एमालेले अहिलेसम्म आफ्नो स्पष्ट धारणा बाहिर ल्याएको छैन ।

नेपाली कांग्रेस, माओवादी केन्द्रले भने एमसीसी व्याख्यात्मक घोषणासहित पास गरिएकाले नेपालको विकासमा महत्वपूर्ण हुने बताएका छन । उनीहरूले एमसीसी सम्झौता राष्ट्रघाती नभएको समेत जिकिर गरेका छन ।

एमसीसीका कारण सत्तारुढ गठबन्धन टुक्रटुक्रा पारेको देख्न चाहने केपी शर्मा ओली र उनको पार्टी नेकपा एमाले अहिले तनावमा छ ।

प्रधानमन्त्री देउवासँग पछिल्ला दिनमा भएका वार्तामा ओलीले कांग्रेस–एमाले रणनैतिक रुपमा अघि बढ्नुपर्ने बताएको उच्च राजनैतिक स्रोत बताउँछ ।

सभामुखमाथि महाअभियोग लगाएर माओवादीलाई थप कमजोर बनाउने ओलीको दाउ रहेपनि एमसीसी सत्तारुढ दलकै जोडबलमा पास भएसँगै ओलीको त्यो रणनीतिले फेल खाएको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *