महादेवको पूजा आराधना गरी महाशिवरात्री पर्व मनाईदै

खास खबर

विश्वभरका हिन्दू धर्मालम्वीहरु आज देवाधिदेव महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदैछन् ।

पशुपतिनाथसहित देशभरका शिवालयहरुमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक गर्न बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिनलाई शिव प्रादुर्भाव भएको दिनको रुपमा मनाउने गरिन्छ ।

मध्यरातमा चतुर्दशी परेको दिन महाशिवरात्रि पर्व मनाउने शास्त्रीय विधान रहेको छ । शिवको प्रादुर्भाव भएको रातलाई नै शिवरात्री भनिन्छ ।

शिवका रुद्र, भैरव, महादेव, महेश्वर, शंकरलगायत हजार नाम छन् । जसलाई शिव सहस्रनाम भनिन्छ । महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *