श्रीमतीमाथि ‘एसिड’ प्रहार गर्ने श्रीमान् पक्राउ

देश

भक्तपुरमा एक महिलामाथि केमिकल प्रहार गरेको आरोपमा उनका श्रीमान् पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–४, दधिकोट बस्ने ६५ वर्षीय श्याम गुभाजु छन् । उनले आइतबार साँझ ६० वर्षीया श्रीमतीमाथि नाम नखुलेको केमिकल (रसायन) प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । श्रीमतीलाई कुटपित समेत गरेका थिए ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले गुभाजुलाई नियन्त्रणमा लिएको छ । घाइतेलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.