कांग्रेसले आजदेखि एक महिने विशेष चुनावी अभियान संचालन गर्दै

देश

 नेपाली कांग्रेसले आजदेखि स्थानीय चुनावलाई लक्षित गरी एक महिने विशेष चुनावी अभियान संचालन गर्दैछ ।

यसका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ । सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको छ । त्यसकै तयारीका लागि ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ भन्ने एक महिने अभियान सञ्चालन गर्न लागिएको कांग्रेसले जनाएको छ ।

७७ वटै जिल्लामा एक साथ आज दिउँसो १ बजे अभियानको उद्घाटन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *