आज देखि सवारी साधन अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन बन्द हुने भएको छ ।
यातायात व्यवस्था विभागले हालसम्म परेका अनलाईन आवेदनहरुको कारवाही यथाशक्य चाँडो टुङ्ग्याउनपर्ने भएकाले मंगलबारदेखि बन्द हुने भएको हो ।
सोमबार एक सूचना निकाल्दै भनेको छ, ‘हालसम्म परेका अनलाईन आवेदनहरुको कारवाही यथाशक्य चाँडो टुङ्ग्याउनपर्ने भएकाले चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द रहनेछ ।