साउदी अरबका राजकुमारले आज राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

देश

दुई दिने नेपाल भ्रमणमा रहेका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले आज राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको छ।

परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि उनले आजै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेटवार्ता गर्ने छन्।

भेटवार्तापछि दुवै देशका परराष्ट्र मन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको छ । परराष्ट्रमन्त्री खड्काले साउदी अरेबियाका विदेश मन्त्रीको सम्मानमा दिवाभोजको आयोजना गर्ने छन् । भोलि दिउँसो उनी स्वदेश फर्कने बताइएको छ ।

सोमबार विदेशमन्त्री साउद २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुई दिने औपचारिक भ्रमणमा काठमाडौं आएका हुन् ।

Leave a Reply

Your email address will not be published.