पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढ्याे

देश

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी मूल्य डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो । निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ कायम भएको छ।

यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य १५ रुपैयाँले बढाएर प्रतिलिटर १५१ रुपैयाँ कायम भएको छ । यसअघि निगमले फागुन १९ गते पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेको थियो ।

निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले नेपालमा पनि बढाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *