वर्षमान पुन उपचारका लागि आज चीन जाँदै

देश

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन अनन्त फलोअप उपचारका लागि आज चीन जाँदैछन् ।

पुन सामान ढुवानी गर्न जाँदै गरेको कार्गो विमानमार्फत पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बिहान नौ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ ।

पुन दम्पत्तिसँगै उनको नियमित उपचारमा संलग्न डा। रोशन पोखरेल पनि चीन जाँदैछन् । पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *