ह्वात्तै घट्यो सुनचाँदीको बजार मूल्य , आज कति पुग्यो हेर्नुहोस ।

आर्थिक

काठमाडौं : बुधबार नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले घट्दै ९० हजार रुपैयाँमा झरेको हो ।

गत मंगलबार सुन प्रतितोला एक सय रुपैयाँले घट्दै ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै यता तेजाबी सुनको मूल्य आज प्रतितोला ५५० रुपैयाँले नै घट्दै ८९ हजार ५५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने गत मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घट्दै एक हजार २९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति ?

नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४६ पैसा र विक्रीदर ११९ रुपैयाँ ०६ पैसा रहेको छ ।

यस्तै,यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ १० पैसा रहेको छ भने विक्रीदर १४१ रुपैयाँ ८१ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ १६ पैसा र विक्रीदर १६४ रुपैयाँ ९९ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ७५ पैसा र विक्रीदर १२९ रुपैयाँ ४० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २६ पैसा र विक्रीदर ८९ रुपैयाँ ७१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ८० पैसा र विक्रीदर ९६ रुपैयाँ २८ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७१ पैसा र विक्रीदर १० रुपैयाँ ७७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३४ पैसा र विक्रीदर १८ रुपैयाँ ४४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ५९ पैसा र विक्रीदर ३१ रुपैयाँ ७५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९८ पैसा र विक्रीदर ३२ रुपैयाँ १४ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *