नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आज बस्दैछ।
आइतबार अपरान्ह ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रो एन्ड भेन्युमा बैठक बस्ने भएको हो।
हालै सकिएको केन्द्रीय कमिटीले पारित गरेका विषयबस्तुमा आधार रहेर बैठक स्थानीय तह निर्वाचन केन्द्रित रहने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।