वैशाखमा हुने स्थानीय चुनावका लागि निर्वाचन आयोगले आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ ।
आयोगका अनुसार करिब एक करोड ७७ लाखभन्दा बढी मतदानका लागि योग्य रहेका छन् । नाम दोहोरिएका, मृत्यु भएकाहरूको समेत नाम हुन सक्ने भन्दै आयोगले दाबी विरोधका लागि एक साताको समय दिएको थियो । आयोगका अनुसार दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेका छन् ।
यसअघि मतदाता नामावलीमा दाबी विरोधका लागि फागुन १९ गतेदेखि एक साताको म्याद दिइएको थियो । सो प्रक्रिया पुरा भएको आयोगको भनाइ छ ।
अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर गर्न सकिने छैन