गठबन्धनबारे कांग्रेसको आधिकारिक धारणा आज आउने

देश

सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्ने आधिकारिक धारणा आज सार्वजनिक गर्ने भएको छ ।

गत शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांशले आफ्नो राय दिइसकेकाले आजको बैठकले गठबन्धनका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्ने भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालगायत अधिकश नेताहरु गठबन्धनको पक्षमा छन् भने १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइराला समूहले गठबन्धनबिना नै निर्वाचनमा जानुपर्ने गरी धारणा राख्दै आएका छन् । कांग्रेसले आज गर्ने निर्णयले समग्र स्थानीय तहको नतिजामा फरक पर्ने आंकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *