धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना हुँदा चार बालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृतक सबै १५ वर्ष मुनीका रहेको प्रहरीले जनाएको छ । उनीहरु एउटै मोटरसाइकलमा सवार रहेको बेला दुर्घटना भएको छ ।
सोमबार राति सबैला नगरपालिका वडा नम्बर १२ बरकुर्वामा ज६प ६७३९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परि सबैला नगरपालिका २ का १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, १४ वर्षीय बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजकुमार लुइँटेलले जानकारी दिए ।