गायन क्षेत्रमा पछिल्लो समय स्थापित बन्दै गायक लक्षुप्रकाश मल्लले यसवर्षकाे `ज्याेति फिल्मस् म्युजिक अबार्ड´ पाएका छन । भर्यस्टायल सिङ्गरतर्फ उत्कृष्ट बनेका उनलाई एक समारोहकाबीच अबार्ड दिइएको हो ।
गायक मल्लले यसैवर्ष स्टार म्युजिक एण्ड फिल्मस् अवर्ड,मनास्लु ईन्टरनेटनेशनल आईकन अवर्ड गायन बिधाबाट प्राप्त गरेका थिए ।
गतवर्ष मनास्लु राष्ट्रिय अवर्डसमेत हातपार्न सफल मल्ल
नेपालकाे सबै भन्दा लामाे गित गाउन सफल गायक हुन ।
उनले ५ घन्टा १४ मिनेट २३ सेकेन्डकाे गित क्रियटिभ रेकर्ड नेपालमा नाम लेखाएका थिए भने ई क्राेम्यटिक स्केलमा उनलेे म बियाेगमा बाँचिरहे गित संङ्गित गरेर एभरेष्ट विश्व रेकर्डमा नाम राख्न सफल भएका थिए । साे गितमा उनको स्वर पनि रहेको थियोे ।