सार्वजनिक सवारीको भाडा बढ्यो

देश

सार्वजनिक सवारी साधनको भाडा बढेको छ । यातायात व्यवस्था विभागबाट गठित भाडा समायोजन सम्बन्धी समितिको प्रतिवेदनका आधारमा भाडा बढाईएको हो ।

प्रतिवेदनमा गरिएको सिफारिस अनुसार भाडा समायोजनका लागि विभागले गरेको प्रस्तावमा चैत १७ गते मन्त्री स्तरको निर्णयानुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट प्राप्त सैद्धान्तिक सहमती समेतको आधारमा भाडा बढाईएको विभागले जनाएको छ ।

बढेको भाडादर चैत २० गतेबाट लागु हने छ । यात्रुबहाक सवारीमा १० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १३ प्रतिशत र तराईको बोटोमा चल्ने मालवाहक सवारीमा १५ प्रतिशत भाडा बढाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *