नापी कार्यालयका २ कर्मचारी एक लाख घुससहित समातिए

देश

नापी कार्यालय चाबहिलका २ कर्मचारीहरु एक लाख घुससहित लगनखेलबाट समातिएका छन् । नापी कार्यालय चाबहिलका सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टराई मंगलबार साझ अख्तियारको टोलीले लगनखेलको सडकबाटै गिरफ्तार गरेको हो ।

अख्तियार श्रोतले दिएको जानकारी अनुसार बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा रहेको १२ आना जग्गा हाल साविक गर्नका लागि भन्दै उनीहरुले घुस लिएका थिए ।

घुस रकम लिएर बूढानीलकण्ठबाट निवासतर्फ गइरहेको बेला ललितपुरको लगनखेलको सडक किनाराबाट दुवै जनालाई १ लाख नगदसहित नियन्त्रणमा लिइएको अख्तियारले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *