प्रधानमन्त्री शेरबहादुर देउवा सहमत भएमा २०७९ सालदेखि सातामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू हुने भएको छ ।
आइतबार जनार्दन शर्माले बोलाएको बैठकमा २०७९ सालदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने विषयमा सहमति जुटेका हो । अर्थमन्त्री शर्माले बोलाएको बैठकमा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ तथा योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल,राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सहभागी थिए ।
छलफलमा अर्थ मन्त्रालयका सचिवहरु मधु मरासिनी तथा राजस्व सचिव कृष्णहरि पुस्कर थिए । वाणिज्य मन्त्रालयका सचिव गणेश पाण्डे थिए । आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश शाक्य र भन्सार विभाग कमल भट्टराई सहभागी थिए ।