अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्ने भएका छन् । केसी स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बन्ने भएका हुन् । पार्टीको मंगलबार साँझ काठमाडौंमा बसेको केन्द्रीय कार्य समितिको बैठकले केसीलाई उम्मेदवार चयन गर्ने निर्णय गरेको हो ।
यस्तै केसीलाई उन्नत लोकतन्त्र पार्टीको परराष्ट्र विभागको अध्यक्षको जिम्मेवारी पनि दिएको अध्यक्ष नेपालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । पार्टीले काठमाडौंको मेयरमा भुवनलाई र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौं महानगरका लागि मेयर र उपमेयरको उम्मेदवार टुंग्याएको थियो ।
मेयरका उम्मेदवार केसीले महानगरवासीलाई शहरीया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने विश्वास पार्टीले लिएको अध्यक्ष नेपालले बताएका छन्। आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।