उपकार लघुवित्तको आईपिओ आजदेखि बिक्रि खुला

आर्थिक

उपकार लघुवित्तले चैत्र २५ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति शेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपिओ निष्काशन गर्न लागेको हो ।

जस मध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको छ भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता शेयर समुहिल लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

यस निष्काशनमा चैत्र २९ गतेसम्म आवेदन दिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *