पाकिस्तानका प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्ताव पारित

प्रवास

अविश्वास प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । गएराति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्री पद गुमेको हो ।

पूर्वराष्ट्रिय क्रिकेट खेलाडी इमरान खान सन् २०१८ को अगष्टमा पाकिस्तानको प्रधानमन्त्री बनेका थिए ।
इमरान खान अविश्वासको मतबाट पदमुक्त हुने देशका पहिलो प्रधानमन्त्रीसमेत बनेका छन् । याँ प्रधानमन्त्री चयनका लागि आइतबार दिउँसो २ बजे संसद बैठक बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *