बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपिओ आज मंगलबार बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज मंगलबार बिहान ९ बजे क्यापिटलको नक्साल स्थित कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो ।
कम्पनीको आईपिओमा झन्डै १५ गुणा बढीको आबेदन परेको छ। चैत १६ गतेदेखि २१ गतेसम्म निष्काशन भएको आईपिओमा २० लाख ५ हजार ७४९ आवेदकबाट २ करोड ४५ लाख ६९ हजार ७७० कित्ताको लागि आबेदन परेको छ। यो भनेको १४.७७ गुणाले बढी हो।