आजदेखि बाग्मती प्रदेशमा सार्वजनिक बसको भाडा बढ्यो

देश

बाग्मती प्रदेशमा आजदेखि सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आजदेखि लागू हुने गरी गत चैत २४ गते नै भाडा वृद्धि गरेको थियो । समायोजन भएको उक्त भाडादर आजदेखि लागू गरिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

अब काठमाडौँ उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम २० रुपैयाँ पुगेको छ । यसअघि न्यूनतम भाडा १८ रुपैयाँ थियो तर पनि यात्रु २० रुपैयाँ तिर्न बाध्य थिए ।

त्यस्तै १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यस्तै, ट्याक्सीमा सुरुको न्यूनतम ५० र प्रति २ सय मिटरको भाडा १० रुपैयाँ कायम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *