सत्तारुढ गठबन्धनमा गडबडको संकेत

देश

सत्तारुढ गठबन्धनमा गडबडको संकेत देखिएको छ । केन्द्रमा गरिएको चुनावी तालमेलको सहमति जिल्ला हुँदै स्थानीय तहसम्म पुग्दा तोडिन थालेपछि संस्थागत गठबन्धनमाथि नै आशंका उत्पन्न भएको छ ।

देशैभर असन्तुष्टी बढ्न थालेपछि नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुबीच पनि प्रतिस्पर्धा हुन सक्ने जनाएको छ ।

मनोनयनका लागि एक साता पनि बाँकी नरहे पनि सत्ता गठबन्धनले कुनै पनि स्थानमा साझा उम्मेदवार तय गर्न सकेका छैनन । केन्द्रमा सामान्य समझदारी भएको भनिएका महानगर तथा उपमहानगरहरुमा पनि स्थानीय तहमा कांग्रेस र माओवादीको दोहोरो दाबी देखिएको छ ।

Leave a Reply

Your email address will not be published.