गभर्नर अधिकारीको रिटको पेशी आज

देश

नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी आज मंगलबारलाई तोकिएको छ ।

सोमबार सर्वोच्चमा दर्ता भएको रिटको पेसी मंगलबारका लागि तोकिएको हो ।

सरकारले आफूमाथि गरेको छानबिन गैर कानुनी भन्दै छानबिन समितिको गठनसँगै भएको निलम्बन गैरकानुनी भन्दै अधिकारीले आइतबार लगेको रिट सोमबार दर्ता भएको थियो ।

सरकारले गभर्नर अधिकारी माथि गत चैत २५ मा छानबिन समिति गठन गरेपछि अधिकारी गभर्नरबाट निलम्बित हुनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *